शिक्षक सेवा आयोग (TSC) को परीक्षा के हो? परीक्षा, पाठ्यक्रम र तयारीबारे सम्पूर्ण जानकारी

शिक्षक सेवा आयोग (TSC) एउटा सारकारी स्वायत्त निकाय हो। शिक्षक सेवा आयोगले नेपालमा सामुदायिक विधालयका शिक्षक बन्नका लागी चाहिने विभिन्न परीक्षाहरु सन्चालन गर्ने एउटा जिम्मेबार निकाय हो। यसले शिक्षक सेवा आयोगको परीक्षामा सम्मलित हुन चाहिने अध्यापन अनुमती पत्रको परीक्षा सन्चालन तथा अध्यापन अनुमती पत्र(license) बितरण गर्ने काम पनि गर्दछ। यस निकायले मूख्यत शिक्षक बन्नका लागी लिइने माध्यिमक तह, निम्न माध्यमिक तह तथा प्राथमिक तहको परीक्षा सञ्चालन गर्ने काम गर्दछ। यस निकायले सामुदायिक विधालयहरूको शिक्षकहरूको नियुक्ति गर्नुका साथ साथै शिक्षकहरूको सरूवा तथा व्यवस्थापनको काम पनि गर्दछ्।

TSC परीक्षा कसको लागी हो?

यो परीक्षा खास गरेर शिक्षा बिषय लिएर पढेका विधार्थीहरू जो स्थायी रूपमा सामुदायिक विधालयमा शिक्षक बनेर काम गरेर सेवा दिन चाहन्छन त्यसको लागी हो। विगतमा यस परीक्षामा शिक्षा विषय लिएर पढेका उम्मेदवारहरू मात्र सम्मेलित हुन पाउथे भने हाल शंकायका विधार्थीहरू पनि सम्मेलित हुन पाउंछन। विज्ञान, अङ्ग्रेजी, तथा लेखा विषयका लागी अन्य सङ्कायमा bachelor पढेका व्यक्तिहरूले पनि दिन पाउंछन। अन्य सङ्कायका विधार्थीहरू TSC को परीक्षामा मा.वि वाहेक अन्य तहमा भने प्रतिशपर्धा गर्न पाउदैनन। सङ्काय जुन सुकै भएपनि शिक्षक सेवाको परीक्षामा सम्मेलित हुन शिक्षक सेवा आयोगले Teaching License अनिवार्य गरेको छ।

 

TSC परीक्षाका मुख्य चरणहरू

TSC परीक्षाका ३ चरणहरू छन्।

१.सामान्य परीक्षा

२.विषयगत परीक्षा

३.अन्तरवार्ता

१.सामान्य परीक्षा

यो परीक्षा प्रथम चरणको परीक्षा हो र यसमा बहबैकल्पिक प्रश्नहरू शोधिने गरिन्छ। यस परीक्षाको पूर्णाङ्क १०० हो भने उतिर्णाङ्क ५० हो। प्रतेक गलत उत्तरमा २०% अङ्क कट्टा गरिन्छ। यो एउटा छनोट परीक्षा हो र यस परीक्षामा उतीर्ण उम्मेदवारहरूले मात्र अर्को परीक्षामा सम्मेलित हुन पाउँछन। र प्रथम पत्रको कुल प्रातङ्कको ५०% अङ्क Final Merit List मा जोडिन्छ।

२.विषयगत परीक्षा

यो परीक्षा दोस्रो चरणको परीक्षा हो र यसमा बिषयगत प्रश्नहरू शोधिने गरिन्छ। यस परीक्षाको पूर्णाङ्क १०० हो भने उतिर्णाङ्क ४० हो। यस परीक्षामा सम्बन्धित विषयमा आधारित पाठ्यक्रमको आधारमा रहेर प्रश्न शोधिने गरिन्छ। लामो र छोटो गरेर दुर्इ किसिमका प्रश्नहरू यस पत्रमा शोधिने गरिन्छ।

३.अन्तरवार्ता

सामान्य र विषयगत परीक्षाको नतिजाको आधारमा छनोट उम्मेदवारहरू यस चरणमा पुग्छन। यस चरणको परीक्षाको अङ्कभार २५ हुन्छ र यसमा शैक्षिक योग्यता, अनुभव र अन्तरवार्ताको अङ्क समावेश हुन्छ।

यो प्रक्रिया मा.वि तह, निम्न मा.वि तह र प्रा.वि तहका लागी पनि लागु हुन्छ।

TSC को पाठ्यक्रम कहाँबाट हेर्ने?

TSC को पाठ्यक्रम शिक्षक सेवा आयोगको आधिकारीक website https://tsc.gov.np/ मा हेर्न र download सकिन्छ।

पाठ्यक्रम हेर्न्र र download गर्ने प्रक्रिया

·        सर्वप्रथम https://tsc.gov.np/ मा जानुहोस

·        त्यसपछि प्रकाशनमा mouse लानुहोस र पाठ्यक्रममा click गर्नुहोस

·        त्यसपछि सम्बन्धित पाठ्यक्रम खोजेर pdf अथवा eye icon मा click गर्नुहोस

·        यस तरिकाले सम्बन्धित पाठ्यक्रम सजिदै हेर्न सकिन्छ र download पनि गर्न सकिन्छ।

TSC तयारी कसरी सुरु गर्ने?

हेर्दा सजिलो लागे पनि शिक्षक सेवा आयोगमा नाम निकाल्न सजिलो भने छैन। यसको तयारी गर्न र सफल हुन धैर्यता र consistency चाहिन्छ। हरेक वर्ष हजारेो उम्मेदवारहरू शिक्षक सेवाको परीक्षामा सहभागी भएतापानि थोरैले मात्र नाम निकाल्न सफल हुन्छन। तयारी सुरू गर्नु भन्दा पहिले निम्न कुरामा ध्यान दिए भने नाम निकाल्न गाह्रो भने हुदैन ।

सबै भन्दा पहिले उम्मेदवारले आफ्नो शैक्षिक योग्यता हेरेर आफुले दिनुपर्ने तह यकिन गर्नु पर्दछ। र सम्बन्धित पाठ्यक्रम डाउनलोड गरेर राख्नु पर्दछ।

त्यस पश्चात पढ्न चाहिने सामाग्री , सम्बन्धित किताब, नोट्स र पुराना प्रश्नहरू सङ्कलन गरेर राख्नुहोस।

त्यसपछि पढ्नका लागी समय छुट्याउनुहोस। घण्टेो पढनुभन्दा थोरै तथा नियमित पढनुहोस। पढ्नका लागी दैनिक ४ देखि ६ घण्टा छुट्याउनुहोस।

त्यसपछि चरणबध्द रूपमा प्रथम पत्र र सम्बन्धित विषयको दोस्रो पत्रको पाठ्यक्रमको नियमित अध्यन गर्नुहोस र लिखित अभयास गर्नुहोस।

पुराना प्रश्नहरू दोहोरिने र प्रश्न सोधने शैली उस्तै भएकोले पुराना प्रश्नपत्र तथा MCQ Model Question सेटको नियमित तयारी तथा अभयास गर्नुहोस।

धेरै जसोले प्रथम पत्रमा ध्यान दिन्छन र दोस्रो पत्रको तयारीमा ध्यान दिदैनन। जसले गर्दा नाम निकाल्न कठिन हुन जान्छ। तसर्थ दुवै पत्रलार्इ उतिकै महत्वका साथ तयारी गर्नुपर्छ।

शिक्षा सेवा आयोगमा प्रथम पत्रमा नाम निकाल्न पढेर मात्र हुदैन, त्यसका लागी विशेष रणनिती तथा आफ्नो बानीमा विशेष सुधार ल्याउनु जरूरी छ।

निष्कर्ष

शिक्षा सेवा आयोगको परीक्षा नेपालमा सामुदायिक विधालयमा शिक्षक बन्नका लागी एउटा महत्वपूर्ण परीक्षा हो। TSC को तयारी सुरू गर्नु अघि TSC को लागी चाहिने योग्यता यकिन गरेर , सम्बन्धित तहको र विषयगत पाठ्यक्रमको राम्रो जानकारी लिनुपर्दछ।

नियमित अध्यन, पुराने प्रश्नहरूको नियमित अभ्यास र समय व्यवस्थापनले परीक्षालार्इ अझ प्रभावकारी बनाउन मदत गर्छ। आयोगको आधिकारीक सूचना र पाठ्यक्रमलार्इ आधार मानेरनै तयारी गर्नु पर्दछ।